२०८१ असार ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाअसोज ११ गते जनरल इन्स्योरेन्सको आईपीओ

असोज ११ गते जनरल इन्स्योरेन्सको आईपीओ


काठमाडौं । जनरल इन्स्योरेन्सले असोज ११ गते देखि ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले प्रति कित्ता रु १०० कादरले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।

कम्पनीले ३० लाख कित्ता मध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

आईपीओको आवेदन दिने समय असोज ११ गते देखि असोज १४ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ ।  हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेको र ३० करोड बराबरको साधारणशेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब हुन्छ भने आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ