२०८१ कात्तिक १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमानेको इन्स्योरेन्सले बोलायो साधारण सभा

नेको इन्स्योरेन्सले बोलायो साधारण सभा


काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा माघ १२ गते बस्ने भएको छ ।

उक्त सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

इन्स्योरेन्स कम्पनीको पौष १९ गते बसेको सञ्चालक समितिको ४४५ औं बैठकले कम्पनीको २८ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

यस्तै, आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको नियावली अनुसार गरिएको संचालकको नियुक्तिको अनुमोदन पनि गर्ने छ ।

त्यस्तै सभामा कम्पनीको नियावली अनुसार आगामी ४ बर्षका लागि १ जना महिला सहित संस्थापक समूहबाट क बाट २ जना र सर्वसाधारण समूह ख बाट ३ जना गरी ५ जना सञ्चालक निर्वाचित हुनेछ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ