२०८१ कात्तिक २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाआईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्तानान्तरण

आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्तानान्तरण


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर शाखा स्तानान्तरण गरेको छ ।

आईएमई लाइफले भक्तपुर नगरपालिका वडा नं ०१ स्थित नगरकोट रोड, सल्लाघारी सपि· कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्तानान्तरण गरेको हो ।

उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन समारोह शुक्रबारको सम्पन्न भएको छ।आइर्एमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य,नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले, लगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानियहरुको उपस्थिति रहेको थियो।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरण सँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्थरीय सेवा सुविधा प्राप्त गर्नुहुने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । कार्यक्रममा ५० भन्दा बढीको उपस्थिति रहेको थियो।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ