२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसिजीले ल्यायो दसैं तिहारलाई लक्षित गरी उपहार योजना

सिजीले ल्यायो दसैं तिहारलाई लक्षित गरी उपहार योजना


काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले दसैं तिहार पर्वलाई लक्षित गरी उपहार योजना ल्याएको छ । कम्पनीले आफ्नो वेबसाइटबाट सामान खरिद गर्दा भाग्यशाली तीन जनाले सिजीको माइक्रोवेभ वभन, भ्याकुमक्लिनर र स्पिकर प्राप्त गर्ने योजना पनि ल्याएको छ ।

यो योजनाअन्तर्गत २० देखि ४३ इन्चसम्मको टिभीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र सो भन्दामाथि टिभीको खरिदमा नगद छुट साथै सिजीकै आकर्षक स्पिकर प्राप्त गर्न सक्ने जनाइएको छ ।

त्यसैगरी मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्सर र आकर्षक नगद छुट पाइने जनाइएको छ । डलबडोर रेफ्रीजेरेटरमा सिजीको प्रेसर कुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट पाइने जनाइएको छ ।

सिजीले फ्रन्ट लोड वासिङ मेसिनमा भने मिक्सर, टपलोड र सेमि अटोमेटिक वासिङ मेसिनमा सिजीको आइरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको जनाएको छ । एसीमा भने निशुल्क जडानको व्यवस्था रहेको जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ