काठमाडौं । सन २००८ मा उडान काठमाडौं — सिमरा भरेको यति एयरलाइन्सले १२ बर्ष पछी यही असोज २१ गते देखि पुन ः उडान भर्ने भएको छ ।
कोरोना महामारीका समय उच्च सर्तकता अपनाएर विविध कारणले रोकिएको उडान पुन सञ्चालन गर्ने सम्बन्धित निकायसँग स्वीकृत लिई नियमित बिहान र बेलुका गरि दैनिक दुई उडान गर्ने एयरलाइन्सले जनाएको छ ।
यतीले सिमरामा जेटईस्ट्रिम(४१ विमानमार्फत प्रत्येक दिन बिहान ९ बजे र साँझ ४.४५ बजे काठमाडौंदेखि उडान गर्ने जनाएको छ । प्रमोसनल भाडा काठमाडौं(सिमराको एकतर्फी दुई हजार आठ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
२२ बर्ष (२०५५)देखि हवाई सेवा दिँदै आएको यती एयरलाइन्समा हाल एटीआर — ७२ सीट क्षमताका ५, जेटस्ट्रिम—३० सिटका ५ र भगिनी संस्था तारा एयरका ट्विनअटर ४ गरी १४ विमान सञ्चालनमा छन् ।
यती एयरलाइन्सले मुलुका मुख्य शहर तथा दुर्गम हिमाली तथा पहाडी भेगमा उडान गर्दै आएको छ । पोखरा, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान तथा तारा एयरले लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुराजस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ ।