२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसाल्ट ट्रेडिङ कर्पोरेसनको ३५ प्रतिशत लाभंश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेसनको ३५ प्रतिशत लाभंश घोषणा


काठमाडौँ  । साल्ट ट्रेडिङ कर्पोरेसनको ५३ औं साधारण सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत लाभांश दिने निणर्य गरेको छ । कर्पोरेसनले ७३ करोड नाफा कमाएको छ ।

गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा विभिन्न क्रियाकलापहरुका बारेमा छलफल गर्दै सभाले वार्षिक प्रतिवेदन पारित गरेका छ।
कर्पोरेसनले गरिरहेको नुन, चिनी र रासायनिक मल लगायतको व्यापारिक कारोबार सन्तोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धिमूलक रहेको साधारणसभाको निष्कर्ष छ।

गत आर्थिक वर्ष कम्पनीले ८ अर्ब २५ करोड रुपैयाँको कारोबार गर्दै ७३ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। कर्पोरेसनले व्यापार विविधिकरणको नीति अनुरुप थप चुक्ता पुँजीको आवश्यकता पर्ने भन्दै गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँ र ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँ बराबरको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई सभाले स्वीकृत गरेको हो।

कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार विगत वर्षमा कर्पोरेसनले आयात गरेको चिनीमध्ये २५०० मेट्रिक टन भन्सार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निणर्य गरेकाले धेरै महिनासम्म चिनी भन्सारमा रोकिएका कारण कारोबारमा कमी मात्रै आएको थिएन, डेमरेज चार्ज धेरै तिर्नु परेकाले आर्थिक भार पर्न गएको हो ।

कम्पनीले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्न सृजनशील कारोबारको खोजी गर्दै व्यापार विविधिकरणतर्फ उन्मुख हुने जनाएको छ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ