२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटनेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनकालागि मतदान  भइरहेको छ । जिल्ला नगरको लागि नेपाल प्रज्ञा प्रतिष्ठान, एशोसिएत तर्फको बबरमहल स्थित कार्की ब्याङक्वेट र बस्तुगत तर्फको टेकु स्थित महासंघको कार्यालयमा मनदान सुरु भएको हो ।

मनदान आज साँझ ४ बजेसम्म हुने छ । मतदान सकिएपछि आजै साँझबाट नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतगणना हुने छ ।

मंसिर ११ गते बिहीबारका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको महासंघको बन्दसत्र  शुक्रबार सकिएको थियो ।

बन्दसत्रमा वरिष्ठ उपाध्यक्षका दुई उम्मेद्वारले एक अर्कोलाई आफूलाई समर्थन गर्न अनुरोध गरेका थिए । यसका साथै उनीहरू एकअर्कालाई आरोप लगाउन र खण्डन गर्नेंंमा समय केन्द्रित भएका थिए ।

२ समूहमा विभाजन भएका व्यवसायीहरु एउटा समूहको नेतृत्व वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले गरेका छन् भने अर्को समूहको नेतृत्व व्यवसायी चन्द्रप्रसाद ढकालले गरेका छन् ।

प्रधान समूहबाट एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् भने चन्द्रप्रसाद ढकाल समूहबाट एसोसिएटमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी चुनावी मैदानमा छन्।

यसैगरी, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगततर्फ १४ जनाका लागि २८ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३१ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन्।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ