२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानका सबै शैक्षिक संस्था खुले, स्वास्थ्य मापदण्ड कडा

पाकिस्तानका सबै शैक्षिक संस्था खुले, स्वास्थ्य मापदण्ड कडा


इस्लामावाद । कोरोना संक्रमण फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था बुधबार देखि खुलेका छन्। सरकारी अधिकारीहरुले झन्डै ६ महिनापछि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन्।

विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडा गरिएर सरकारी तथा निजि दुवै प्रकारका विद्यालय सञ्चालनमा आउने भएका छन् ।

त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

केन्द्रीय शिक्षा मन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताए। कोरोनाभाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निणर्य गरिएको पनि उहाँले जानकारी दिए।

पाकिस्तानमा अहिलेसम्म ३ लाख १२ हजार २६३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। पाकिस्तानमा अहिले पनि कोरोनाभाइरस सङ्क्रमित ४६७ जना गम्भीर अवस्थामा उपचाररत छन्। पाकिस्तानमा अहिलेसम्म ३५ लाख १४ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ९६ हजार ८८१ जना अहिले पूणर्रुपमा सङ्क्रमणमुक्त भइसकेका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ