काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले “पेडे लोन” नामक नयाँ कर्जा योजना ल्याएको छ ।
बैंक र एफ वान सफ्ट इन्टरनेशनलको सहकार्यमा बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ कर्जा सुविधा ल्याएको हो ।
सिटिजन्स बैंकमा तलब खाता भएका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिन सम्मका लागि २ लाखसम्म मोबाइल बैकिङ्गबाट बिना धिताे सहजै कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजनाका लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु नपर्ने बैंकले जनाएको छ ।
यो योजनामा बिना धितो, बिना कागजी प्रक्रिया, बैंकको शाखा पुग्नु नपर्ने तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने विशेषताले गर्दा यो यो योजना लोकप्रिय हुने बैंकले विश्वास लिएको छ ।
बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘पेडे लोन’ योजना संचालनमा ल्याएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनले देशभर १६८ शाखा, १११ एटिएम र १०९ शाखा रहित बैंकिङ मार्फत ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।