काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको ‘कायापलट’ नामको योजना अन्तर्गत धापासी निवासी भुजेन्द्र सरु मगरले ट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० % क्यासब्याक पाउन सफल भएका छन् ।
उनले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रा लि बाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गरेका थिए ।
स्याङ्गजा, मनकामना वडा नं ०१ निवासी, ईम वहादुर गुरुङ्गले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दैे रु ४,००० र किनेपछिे रु एक लाख गरी रु १,०४,००० हात पार्दै आफनाे भाग्यको कायापलट गरेका छन् ।
साथै ललितपुर निवासी, असन कुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफ आइ स्कुटर नकिन्दैे रु २५,००० र किनेपछिे रु एक हजार गरी रु २६,००० हात पार्न सफल भएका छन् । र योजना बारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले Realme C30 Smart Phone जितेका छन् ।
कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । “कायापलट“ योजना अन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ ।
हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई Realme C30 Smart Phone प्रदान गरिन्छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूणर् नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा रु ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्नुहुनेछ ।
यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदैआएको छ ।
जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू-ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।