२०८१ असोज १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटफोन पे को दसैं धन मौका अफर

फोन पे को दसैं धन मौका अफर


काठमाडौं। फोन पे पेमेन्ट सर्भिसले दसैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका’ अफर ल्याएको छ। यो योजना अन्तर्गत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ ।

कात्तिक १ गतृ देखि कात्तिक १४ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा पाँच लाख रुपैयाँ जित्न सकिने कम्पनीद्वारा जारी गरेको विज्ञप्तिमा जनाएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो। दशैं धन मौका योजनामा क्यूआर कोडमार्फत गरिने भुक्तानीलाई भने समावेश नगरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको करिब डेढ लाख मर्चेन्ट रहेको छ र फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ