२०८१ असोज १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत

नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सका अनुसार एनएमबी लघुवित्त वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

एनएमबी लघुवित्तको ६ लाख ५५ हजार ८६२.८६२ कित्ता र मनकामना स्मार्ट लघुवित्तको ६७ हजार ३२९.११ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

गत आर्थिक बर्षका लागि एनएमबी लघुवित्तले १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तले ४.७५ प्रतिशत बोनस वितरण गरेका थिए ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ, लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ