काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिकका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् ।
संचालनमा आएका २० वटा वाणिज्य बैंकहरुले मध्ये १४ वटाले घटाएका छन् । त्यस्तै २ वटा बैंकले भने बढाएका छन् भने ४ वटाको ब्याजदर स्थिर रहेको छ ।
कात्तिक महिनाको लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार नबिल,हिमालयन,सानिमा,प्राइम,इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई,कृषि, एभरेष्ट, स्ट्याण्डर्ड चार्टड, एनआईसी एसिया बैंकले घटाएका छन ।
त्यस्तै नेपाल बैंक, कुमारी,सिटिजन्स र प्रभु बैंकले पनि कात्तिक महिनाको लागि ब्याजदर घटाएका छन ।
राष्ट्रिय वाणिज्य,लक्ष्मी सनराइज,माछापुच्छ्रे र सिद्धार्थ बैंकले कात्तिक महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन् । त्यस्तै नेपाल एसबीआई र एनएमबी बैंकले कात्तिक महिनाको लागि ब्याजदर बढाएका छन् ।