२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनबिलले एनबी बैंककलाई प्राप्तिको लागि पायो अन्तिम स्वीकृति

नबिलले एनबी बैंककलाई प्राप्तिको लागि पायो अन्तिम स्वीकृति


काठमाडौं  — नेपाल राष्ट्र बैंकले नबिल बैैकमा नेपाल बंगलादेश बैंक गाभिनका लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको स्वीकृति सँगै नबिल बैंकमा एनबी बैंक मर्ज हुने पक्का भएको छ ।

राष्ट्र बैंकको हिजो बसेको संचालक समितिको बैैठकले नबिलमा  बंगलादेश बैंक गाभिनको लागि अन्तिम स्वीकृति दिएको हो ।

नबिल बैंकमा एनबी बैंक १००ः ४३ स्वाप अनुपातमा मर्ज लागेको हो । नबिल बैंकमा एनबी मर्ज भएपछि सीईओमा एनबीका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना हुनेछन् भने सञ्चालक समिति नबिलकै हुने छ ।

नबिलले एनबीलाई प्राप्ति गरे पश्चात बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै, निक्षेप २ खर्ब २१ अर्ब र कर्जा लगानी ३ खर्ब भन्दा बढी हुनेछ ।

नबिल बैंकको शाखा १३५ वटा शाखा, एटिएम १८५ रहेका छन् भने नेपाल बंगलादेश बैंकको शाखा ९९ र एक्सटेन्सन काउन्टर ८ वटा तथा एटिएम ८१ वटा रहेका छन् । मर्जपछी कुल २३४ शखा हुनेछ ।


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #नबिल बैैक, #नेपाल बंगलादेश बैंक, #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ