२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रएकैदिन वाणिज्य बैंकको निक्षेप ८ अर्बले घट्याे

एकैदिन वाणिज्य बैंकको निक्षेप ८ अर्बले घट्याे


काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांङ अनुसार वाणिज्य बैंकको निक्षेप अघिल्लो दिनको तुलनामा ८ अर्बले घटेको छ ।

केन्द्रिय बैंकको उक्त तथ्याङमा असार ८ गते बुधबार वाणिज्य बैंकको निक्षेप ४३ खर्ब ९८ अर्ब थियो भने असार ९ गते बिहिबारका दिन ४३ खर्ब ९० अर्बमा सिमित भएको उल्लेख छ ।

त्यस्तै, राष्ट्र बैकको अनुसार कुल निक्षेपमा पनि अघिल्लो दिनको तुलनामा ७ अर्बले घटेको छ । बुधबार कुल बचत ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा बिहिबार भने ४९ खर्ब ७५ अर्ब रुपैयाँमा रहेको थियो ।

बिहीबारका दिनसम्म वाणिज्य बैंकहरू ४१ खर्ब ७८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए। बिहिबारसम्ममा सबै वित्तीय संस्थाहरुले ४९ खर्ब ८ करोड कर्जा लगानी गरिसकेका छन ।

बुधबार ८९.३९ प्रतिशत रहेको सडी रेसियो बिहिबार बढेर ८९.५२ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर भने ७ प्रतिशतमै स्थिर कायम भयो ।


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #नेपाल राष्ट्र बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ