२०८१ मंसीर २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रस्थानीय सरकारको बजेट आज

स्थानीय सरकारको बजेट आज


काठमाडौं । धेरैजसो स्थानीय निकायले आगामी आर्थिक वर्ष २०७९/८०  वार्षिक  नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गर्दैछन् ।

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा उल्लेख भए अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने छ । यस कारण धैरे पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन ।

केन्द्र सरकारले ल्याएको बजेटको आधारमा स्थानीय सरकारले बजेट ल्याउने गर्दछन् । केन्द्र सरकारले यसअघि जेठ १५ गते ल्याएको थियो । स्थानीय सरकारलाई समयमै बजेट ल्याउन संघीय सरकारले ध्यानाकर्षण गरएको थियो ।

अर्थ मन्त्रालयले बजेट समयमै नआएमा केन्द्रबाट सम्बन्धित स्थानीयत निकायमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनीे दिएको छ ।

सबै पालिकाहरुमा जनप्रतिनिधिहरु चुनिइसकेका छन् । बाजुराको बूढीगंगा नागरपालिकाबाहेक सबै (७५२) स्थानीय तहले पालिकाका जनप्रतिनिधिहरु नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने कार्यक्रममा व्यस्त छन् ।

३० वैशाखमा भएको निर्वाचनमा विवाद भएपछि बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन हुन बाँकी छ। निर्वाचन आयोगले यही असार २३ गतेका लागि निर्वाचनको मिति तोकेको छ।


क्याटेगोरी : अर्थतन्त्र, समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ