२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रओरालो लाग्दै अर्थतन्त्र

ओरालो लाग्दै अर्थतन्त्र


 

काठमाडौंं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको छ ।

गत आर्थिक वर्षको यही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा थियाे । नेपालको अर्थतन्त्र ओरालो लाग्ने क्रममा गत यही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो ।

गत आर्थिक वर्षको  ११ महिनमा नेपालले  १५ खर्ब ४ अर्ब ६१ करोड १८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो भने चालु आर्थिक बर्षको ११ महिनाको अवधिमा नेपालले १९ खर्ब ४९ अर्ब बराबरको वैदेशिक व्यापार गरेकाे  छ   ।  गत  आर्थिक वर्षको तुलनामा कुल वैदेशिक व्यापार २९.५ प्रतिशतले बढको छ ।

साढे १७ खर्बको आयात
विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको विदेशी वस्तुको आयात भएको हो ।गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा वृद्धि भएको छ ।

निर्यात १ खर्ब ८५ अर्ब ८३ 
यसैगरी निर्यातमा गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले वृद्धि भएको छ । नेपालले चालु आर्थिक वर्षको साउन देखि जेठ महिना सम्म १ खर्ब ८५ अर्ब ८३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको यही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड बराबरको निर्यात भएको थियो ।

पेट्रोलियम पदार्थको आयात बढी

यो आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थको आयातमा मात्र २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४३ हजार नेपाली रुपैयाँ बहिरिएको छ ।जसमा सबैभन्दा धेरै डिजेल आयातमा एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार, पेट्रोलमा ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार र एलपी ग्यासको आयातमा ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार बढी बाहिरिएको छ ।

नेपालमा यस चालु आर्थिक बर्षको ११ महिनामा पाम आयल ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार बराबरको, स्टिल आइरन ४८ अर्ब ७८ करोड ४६ लाख ८७ हजार बराबरको र मोबाइल ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार बढीका आयात भएको छ ।

यस्तै, एघार महिनाको अवधिमा नेपालबाट एक खर्ब ९० करोड ८६ लाख ३२ हजार बढीको सोयाबिन तेल, ६६ अर्ब ८६ करोड ८९ लाख ७२ हजार बढीको पाम आयलको निर्यात भएको छ ।


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #भन्सार विभाग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ