२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, पेट्रोल १९९, डिजेल र मट्टीतेल १९२ रुपैयाँ

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, पेट्रोल १९९, डिजेल र मट्टीतेल १९२ रुपैयाँ


पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी नेपाल आयल निगमले गरेको छ ।

हिजो निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने हुन्छ।

निगमले हवाई इन्धनमा समेत मुल्य बढाएको छ । आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । बाह्यतर्फ इन्धनको भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #नेपाल आयल निगम, #पेट्रोलियम पदार्थ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ