२०८१ मंसीर २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच  मर्जर सम्झौता, ग्लोबल आइएमई बिओके नेपालको सबै भन्दा ठूलो बैंक बन्दै

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच  मर्जर सम्झौता, ग्लोबल आइएमई बिओके नेपालको सबै भन्दा ठूलो बैंक बन्दै


काठमाडौं – ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच एक आपसमा गाभ्न गाभिनको लागि सम्झौता भएको छ ।

बिहीबार होटल याक एण्ड यतिमा आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने ग्लोबल आइएमई बैंकले जनाएको छ ।

सञ्चालकहरूमा ग्लोबल आईएमईको बैंक तर्फबाट अध्यक्ष ढकाल सहित ५ जान र बैंक अफ काठमाण्डुको तर्फबाट २ जना हुने सहमति भएसँगै ग्लोबल आईएमईको बैंकको सञ्चालक समितिमा बहुमत हुनेछ । त्यस्तै, बैंकको प्रमुख कार्यकारी अधिकृत सत्नराज बज्राचार्य हुने र  अध्यक्ष चन्द्र ढकाल नै रहने प्रारम्भिक सहमति भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्यांकनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोहीअनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

मर्जरपछि बैंकको कूल पूँजी रु. ५२.२९ अर्ब, चुक्ता पूँजी रु. ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कूल कर्जा रु. ३८० अर्ब सहित कूल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।

साथै, दुवै बैंकले जेष्ठ मसान्त सम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #ग्लोबल आइएमई बिओके, #ग्लोबल आइएमई बैंक, #चन्द्रप्रसाद ढकाल, #प्रकाश श्रेष्ठ, #बैंक अफ काठमाण्डु


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ