गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने Karobarpati सोमबार, २०८१ असार ३ गते, १५:५५ मा प्रकाशित काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो । चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको हो । सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो । चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान जाल्पा लघुवित्तमा रोजगारीको अवसर ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान जाल्पा लघुवित्तमा रोजगारीको अवसर