२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपालको निजी क्षेत्रको पहिलो १० मेगावाट क्षमताको सौर्य परियोजना ढल्केबर पावर ग्रिडमा जोडियो

नेपालको निजी क्षेत्रको पहिलो १० मेगावाट क्षमताको सौर्य परियोजना ढल्केबर पावर ग्रिडमा जोडियो


काठमाडाैं-प्रदेश नं २ को धनुषा जिल्ला ढल्केबरमा निर्माण गरिएको १० मेगावाट एसी क्षमताको सौर्य उर्जा नेपालको हालसम्मको सबैभन्दा ठूलो सौर्य उर्जा केन्द्र हो । यस परियोजनाबाट उत्पन्न बिजुली सफलतापूर्वक राष्ट्रिय ग्रिडमा जोडिएको छ ।

ईको पावर डेभलपमेन्ट कम्पनी प्रा.लि.ले विकास गरेको उक्त कम्पनीका बोर्ड अफ डाइरेक्टर  खुशी पाठकले जानकारी दिइन । यस परियोजनाको डिजाइन, आपूर्ति, निर्माण र जडानको कार्य नेपालको सबैभन्दा ठूलो सौर्य ईपीसी कम्पनी कुशल प्रोजेक्ट्स नेपाल प्रा.लि.ले गरेको हो ।

आयोजनाले सुख्खा मौसममा उर्जाको अभावलाई सम्बोधन गर्ने र मासिक १९ लाख युनिटभन्दा बढी बिजुली उत्पादन गरेर बिजुली आयातमा निर्भरता कम गर्ने अपेक्षा गरिएको छ ।

कुशल प्रोजेक्ट्स नेपाल प्रा.लि.का संस्थापक एवं प्रबन्ध निर्देशक प्रशान्त टाटरले अनुसार कुशल प्रोजेक्ट्स नेपाल प्रा.लि.ले नेपालका अन्य ५ स्थानमा ग्रीड जडान गरिने सौर्य परियोजनाहरूको लागि ईपीसी प्राप्त गरेर काम गरिरहेकाे बताए।

नेपाल बिधुत प्राधिकरणको सोलार प्रोजेक्टहरू मार्फत १५ प्रतिशत ऊर्जा मिक्स गर्ने योजना छ जसले नेपाललाई ‌ ऊर्जा छेत्रमा आत्मनिर्भर बनाउन सकिन्छ भनेर कुशल प्रोजेक्ट्स नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक सन्दिप अग्रवालले जानकारी दिए।

त्यसैले‌ यस क्षेत्रमा आत्मनिर्भर बन्न प्राधिकरणलाई कम्तीमा २०० मेगावाट सौर्य ऊर्जाको तत्काल आवश्यकता छ जसका लागि उर्जा मिश्रण अवधारणा अनुरूप काम गर्दा जाडो यामको माग पुरा हुन सक्छ।


क्याटेगोरी : अर्थतन्त्र, मधेश प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ