२०८२ भदौ ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रविदेशी मुद्रा सञ्चिति २०.९ प्रतिशतले बढ्यो

विदेशी मुद्रा सञ्चिति २०.९ प्रतिशतले बढ्यो


काठमाडौ । पछिल्लो १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुुसार चालु आवको पछिल्लो १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले बढेर १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ ।

गत आर्थिक बर्षको मसान्तसम्ममा नेपालको कुल विदेशी विनिमय .१२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो ।
त्यस्तै अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा चालु आबको पछिल्लो १० महिनमा १७.६ प्रतिशतले बढेर ११ अर्ब २१ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा .१० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० वैशाख मसान्तमा २४.१ प्रतिशतले बढेर .१३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले बढेर .१ खर्ब ५९ अर्ब ६८ करोड पुगेको छ ।

पछिल्लो १० महिना कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।


क्याटेगोरी : अर्थतन्त्र, बैंकिङ
ट्याग : #नेपाल राष्ट्र्र बैंक, #विदेशी मुद्रा सञ्चिति


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ