काठमाडौ ।नेपाल धितोपत्रबोर्डबाट ११ वटा नयाँ बो्रकर कम्पनीले धितोपत्र दलाल सम्बन्धी कार्यका लागि अनुमति पाएका छन् ।
बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोेपत्र व्यापारी) नियावली,२०६४को व्यवस्था बमोजिम ११ वटा नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र व्यापारी पूण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य धितोपत्र दलालको अनुमति दिएको हो ।
नयाँ ११ वटा ब्रोकर कम्पनीले धितोपत्र दलाल सम्बन्धी पूर्वाधार तयार गरी अनुमतिका लागि बोर्डमा निवेदन दिएका थिए ।
बोर्डबाट धितोपत्र दलाल सम्बन्धी कार्य गर्ने पाउने कम्पनीहरुमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिजः इन्डेक्स सेक्युरिटिज,शुभकामना सेक्युरिटिज,मेगा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस,मनि वर्ल्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज,केबीएल सेक्युरिटिज,कलश स्टक मार्केट र नबिल सेक्युरिटिजले अनुमति पाएका छन् ।
बोर्डले नबिल सेक्युरिटिजलाई धितोपत्र व्यापारीको लाइसेन्स दिएको छ भने अरु सबैलाई सिमित कार्य गर्ने धितोपत्र दलालको लाइसेन्स दिएको छ ।
यस अघि बोर्डले ७ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिइसकेको छ ।