२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्र  दुई महिनामा ४१ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ भित्रियो  

  दुई महिनामा ४१ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ भित्रियो  


काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा भारतबाट नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन र भदौ महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपालले आयात गरेको हो।

सो अवधिमा कुल ४१ अर्ब ३ करोड १३ लाख २७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको छ ।

बितेका दुई महिनामा भारतबाट १८ अर्ब ४२ करोड १५ लाख २४ हजार रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख ६२ हजार रुपैयाँको पेट्रोल र १० अर्ब ४२ करोड ३ लाख ४१ हजार रुपैयाँको एलपी ग्यास नेपाल आएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिना (साउन र भदौ)मा भारतबाट नेपालले ३० अर्ब ५० करोड ७७ लाख ८९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा नेपालले भारतबाट १० अर्ब ५२ करोड ३५ लाख ३८ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ