गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ आर्थिक बर्ष सकिएको २१ दिन भित्र वित्तीय विवरण पेश राष्ट्र बैंकको निर्देशन आर्थिक बर्ष सकिएको २१ दिन भित्र वित्तीय विवरण पेश राष्ट्र बैंकको निर्देशन Karobarpati आईतबार, २०७९ साउन ८ गते, ०८:०२ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आर्थिक बर्ष सकिएको २१ दिन भित्र वित्तीय विवरण पेश गर्ने निर्देशन दिएको छ । राष्ट्र बैंकले साउन ५ गते एक परिपत्र जारी गदै नेपाल राष्ट्र बैंकबाट इजाज्जत प्राप्त “क” “ख” “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७८मा संशोधन गर्दै चौथो त्रैमास समाप्त भएको २१ दिन भित्रमा एकीकृति वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकको अन्तरिम वित्तीय प्रतिवेदन पेश गर्नुका साथै राष्ट्रियस्तरका दैनिक पत्रिकामा अनिवार्य सार्वजनिक गर्न निर्देशन दिएको हो । राष्ट्र बैकको यो निर्देशनसँगै अब बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको वितीय विवरण सार्वजनिक गर्ने १३ दिन मात्र बाकी रहेको छ । उक्त परिपत्रमा बैंक तथा वित्तीय संस्थाहरुले २१ दिन भित्र अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण राष्ट्र बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ । यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ । यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि चौथो त्रैमास सकिपछि साउन मसान्त भित्र वित्तीय विवरण सार्वजनिक गर्न पाउने व्यवस्था गरेको थियो । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न