२०८२ कात्तिक २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रचालु आर्थिक वर्षमा हुन सकेन अपेक्षित राजस्व सङ्कलन

चालु आर्थिक वर्षमा हुन सकेन अपेक्षित राजस्व सङ्कलन


काठमाडाैं । सरकारले चालु आर्थिक वर्षमा अपेक्षित राजस्व सङ्कलन गर्न सकेन ।

सरकारले चालु आवमा कूल रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो तर हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ । अब केही दिन मात्रै बाँकी रहेको हुनाले सम्भव देखिदैन ।

महालेखा प्ररिक्षण कार्यालयका अनुसार हालसम्म कूल लक्ष्यको ८४.७६ प्रतिशत बराबर राजस्व सङ्कलन भएको छ । त्यसमा कर राजस्व कूल रु नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर सङ्कलन भएको छ भने गैरराजस्व रु एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाख बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु ७४ अर्ब १९ करोड ७१ लाख बराबर सङ्कलन भएको छ यो कूल लक्ष्यको ८६।७५ प्रतिशत बराबर हो ।

यस्तै पूँजीगत खर्च कूल लक्ष्यको ४६.२२ प्रतिशत बराबर भएको छ । विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पूँजीगत खर्चमा उल्लेख्य रूपमा बढोत्तरी हुन नसकेको देखिन्छ । सरकारले रु तीन खर्च ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पूँजीगत खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु एक खर्ब ७४ अर्ब ७५ करोड ४२ लाख बराबर खर्च भएको छ ।

कोभिड–१९ महामारीको विषम परिस्थितिकाबीच हालसम्मको राजस्व सङ्कलन अवस्था सन्तोषजनक रहेको छ । चालु आवमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो ।

 


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #चालु आर्थिक वर्ष


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ