गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ दसैं मनाउन घर आउँदा अनिवार्य १४ दिन क्वारेन्टिन दसैं मनाउन घर आउँदा अनिवार्य १४ दिन क्वारेन्टिन Karobarpati मंगलबार, २०७७ असोज २० गते, ०७:१७ मा प्रकाशित तनहुँ । तनहुँ जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले दसैंमा घर आउने व्यक्तिले १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने कोभिड-१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निणर्य गरेको हो । नेपालीहरुको महान दसैंमा देश तथा विदेशबाट सर्वसाधारण आफनो जिल्ला फर्किने हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निणर्य भएको छ । त्यसका लागि स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निणर्य भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ भने ब्यास नगरपालिका-५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निणर्य गरेको छ । आइसोलेसनमा रहेका सङ्क्रमितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निणर्य भएको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार “ नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न” कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार बिमान दुर्घटनाका ६८ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा पोखराको सेती खोचमा यतिको एटीआर विमान दुर्घटनाग्रस्त मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ६ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ७ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ट्रेण्डिङ राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी