गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने Karobarpati सोमबार, २०८१ असार ३ गते, १५:५५ मा प्रकाशित काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो । चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको हो । सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो । चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ?