गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै Karobarpati सोमबार, २०८० चैत्र १९ गते, ०९:५० मा प्रकाशित काठमाडौं, १९ चैत । नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। मंगलबार चैत २० गते सो ट्रेजरी बिल जारी हुने छ। यस ट्रेजरी बिलका लागि सोमबार(आज) दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असार १९ गते परिपक्व हुने बैंकले जनाएको छ। साथै, १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असोज १५ गते परिपक्व हुनेछ। बैंकले ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ। क्याटेगोरी : नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्याे Central bank issues amended unified directive for BFIs धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६