२०८२ वैशाख १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रवाणिज्य बैेंकग्लोबल आइएमई बैंकले गर्‍यो २५३ कर्मचारीको सम्मान

ग्लोबल आइएमई बैंकले गर्‍यो २५३ कर्मचारीको सम्मान


काठमाडौ । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको छ ।

बैंकले वार्षिकोत्सवका अवसरमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको हो । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष ढकालले बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री तर्फ लागेको बताए ।

आफ्नो स्थापनाको १७ औ बर्षमा बैंकले अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल भएको उनले बताए । नेपाल सरकार तथा राष्ट्र बैंकको निति नियम परिपालना गर्दै बैंक अहिलेको अवस्थामा आइपुगेकाले लक्ष्य प्राप्ति भन्दा मिहिनेत र लगनशिलतामा जोड दिन आम कर्मचारीहरुलाई आग्रह गरे ।

कर्मचारीको अथक मेहनेत र लगनशिलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले बैंकलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट पुर्‍याएको योगदानप्रति सबै कर्मचारीलाई धन्यवाद प्रकट गरे ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले सेवालाई नविनतम तथा ग्राहक मैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समय सापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।

बैंकका वरिष्ठ नायव प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आगामी वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूण योगदान पुर्याउँदै आएको छ ।


क्याटेगोरी : वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ