काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साउन महिनामा विदेशी लगाीनमा सञ्चालन हुनेगरी कूल ६० वटा नयाँ उद्योग दर्ता भएका छन् ।
उद्योग विभागका अनुसार साउन महिनामा विदेशी लगानीमा दर्ता भएका नयाँ उद्योगमा ५४ वटा ठूला, ४ वटा मझौला र २ वटा साना रहेका छन् । दर्ता भएको नयाँ उद्योगमा ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँको लगानी स्वीकृत भएको विभागले जनाएको छ ।
विदेशी लगानीमा दर्ता भएका उद्योगमा ३ हजार ३०१ जनाले रोजगारी पाउने जनाइएको छ । साउन महिनामा विदेशी लगानीमा दर्ता भएका उद्योग मघ्ये पर्यटतर्फ २८.४६ प्रतिशत, सेवामूलक तर्फ २६.४३ प्रतिशत, उत्पादनतर्फका ४.७ प्रतिशत , सूचना प्रविधितर्फ १.२ प्रतिशत र कृषितर्फ १.२ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को साउन महिनामा २ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी लगानीमा नयाँ उद्योग दर्ता भएका थिए । त्यस्तै,अर्थिक बर्ष २०७९/०८० मा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँमा २५७ वटा ठूला, २५ वटा मझौला र ५ वटा साना उद्योग विदेशी लगानीमा दर्ता भएको विभागले जनाएको छ ।
जसमा पर्यटतर्फ १३४.४१ प्रतिशत, सेवामूलक तर्फ १३४.४१ प्रतिशत, उत्पादनतर्फका २९.९ प्रतिशत , सूचना प्रविधितर्फ १६.५ प्रतिशत,कृषि र उर्जातर्फ १ प्रतिशत र खनिजतर्फ २.१ प्रतिशत रहेकाे थियो ।