काठमाडौं । विश्वमा अब नेपाल अलैँचीको देश भनेर चिनिने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले ल्याएको एक देश एक उत्पादन’ अवधारणा अन्तर्गत नेपाल अलैँचीका लागि चुनिएको हो ।
यस कार्यक्रम विभिन्न ८३ वटा देश सहभागी छन् । ती सबै देशले एउटा एउटा बाली पाएका छन् । विश्वमै अलैँची उत्पादनमा नेपाल पहिलो हो । एक तथ्याङ्क अनुसार विश्व बजारमा अलैँचीमा नेपालले ५२ प्रतिशत बजार ओगटेको छ तर नेपालका लागि भारत नै मुख्य बजार भएको छ ।
यी सबै कुरालाई मध्यनजर गर्दै अलैँची उत्पादनमा वृद्धि तथा त्यसको प्रवर्धनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावका आधारमा एफएओले नेपाललाई अलैँची उत्पादन देशका रूपमा राखेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता सवनम सिवाकोटीले बताउनुभयो ।अलैँची बालीले हल्का छाया मन पराउने तथा समुद्र सतहबाट आठ सयदेखि एक हजार आठ सय मिटर उचाइ भएको र दुई हजारदेखि दुई हजार पाँच सय मिलिलिटर पानी पर्ने ठाउँमा यसको राम्रो व्यावसायिक खेती गर्न सकिन्छ र त्यो सम्भावना नेपालमा मात्र रहेका कारण एफएओले पनि सो कार्यक्रम अन्तर्गत अलैँचीमा नै सहयोग गर्ने भएको छ ।
नेपालमा पहिलादेखि अलैँची उत्पादनमा कृषि मन्त्रालयले काम गर्दै आइरहेको थियो तर परम्परागत ढङ्गबाट खेती भइरहेको हुनाले अलैँचीका विशेष कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । त्यहाँ बगैँचा व्यवस्थापन, बिरुवा उत्पादन, रोग निदानलगायतका काकार्यक्रम कृषि पाठशालाको मोडेलमा गरिने जानकारी गराउँदै उहाँले अलैँची उत्पादनमा वृद्धि गरी विश्व बजारमा निर्यातलाई बढावा दिने लक्ष्य रहेको बताउनुभयो । अहिले नेपालको अलैँची भारतमा मात्र निर्यात भइरहेको छ, यो कार्यक्रम सञ्चालनमा आइसकेपछि भारतबाहेक अन्य देशमा पनि निर्यात गर्ने कृषि मन्त्रालयले लक्ष्य लिएको छ ।
कृषि मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार नेपालमा १५ हजार ९७६ हेक्टर जमिनमा अलैँची खेती भएको थियो । जसबाट आठ हजार ७१४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो भने त्यसमध्ये चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत आव आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपियाँ बराबरको ९९ लाख ९० हजार ८५९ किलो अलैँची निर्यात भएको थियो । यो हालसम्मको सबभन्दा बढी निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यद्यपि आव २०७८/७९ को तुलनामा गत आवमा उत्पादनमा ५० प्रतिशत कमी आएको थियो ।
आव २०७७-७७ मा उत्पादनमा ५० प्रतिशत वृद्धि भएको थियो । त्यसको मौज्दात बाँकी रहँदा गत आवमा बढी निर्यात भएको देखाएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका अनुसार नेपालमा उत्पादन हुने अलैँचीमध्ये ९५ प्रतिशत निर्यात हुन्छ भने पाँच प्रतिशत मात्र आन्तरिक खपत हुन्छ ।
अलैँचीका विशेष कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । त्यहाँ बगैँचा व्यवस्थापन, बिरुवा उत्पादन, रोग निदानलगायतका कार्यक्रम कृषि पाठशालाको मोडेलमा गरिने जानकारी गराउँदै उहाँले अलैँची उत्पादनमा वृद्धि गरी विश्व बजारमा निर्यातलाई बढावा दिने लक्ष्य रहेको बताउनुभयो ।
अहिले नेपालको अलैँची भारतमा मात्र निर्यात भइरहेको छ, यो कार्यक्रम सञ्चालनमा आइसकेपछि भारतबाहेक अन्य देशमा पनि निर्यात गर्ने कृषि मन्त्रालयले लक्ष्य लिएको छ । कृषि मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार नेपालमा १५ हजार ९७६ हेक्टर जमिनमा अलैँची खेती भएको थियो । जसबाट आठ हजार ७१४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो भने त्यसमध्ये चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
गत आव आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपियाँ बराबरको ९९ लाख ९० हजार ८५९ किलो अलैँची निर्यात भएको थियो । यो हालसम्मको सबभन्दा बढी निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यद्यपि आव २०७८/७९ को तुलनामा गत आवमा उत्पादनमा ५० प्रतिशत कमी आएको थियो । आव २०७७/७८ मा उत्पादनमा ५० प्रतिशत वृद्धि भएको थियो । त्यसको मौज्दात बाँकी रहँदा गत आवमा बढी निर्यात भएको देखाएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका अनुसार नेपालमा उत्पादन हुने अलैँचीमध्ये ९५ प्रतिशत निर्यात हुन्छ भने पाँच प्रतिशत मात्र आन्तरिक खपत हुन्छ ।
आजको गोरखापत्रमा प्रकाशित समाचारको साभार