गृहपृष्ठ ∕ विविध ∕ थाहा पाउनुहोस् आजको मौसम थाहा पाउनुहोस् आजको मौसम Karobarpati बिहीबार, २०७९ पुस २८ गते, ०६:१३ मा प्रकाशित काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईमा हुस्सु लागेको अवस्था छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको प्रक्षेपण छ । शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । क्याटेगोरी : विविध तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौँमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै ५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान जेठ ३१ गते विहिवारको वैदिक राशिफल थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ७ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ट्रेण्डिङ मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा सिभिल बैंकको किसान समृद्धि कार्ड समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने नबिलको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा सिभिल बैंकको किसान समृद्धि कार्ड समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गदैं, आज बोलकबोल हुने नबिलको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा