काठमाडौं – ज्योति लाइफ र सूर्य लाइफ इन्योरेन्सले आज पौष ७ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार भएको हो ।
दुई बीमा कम्पनीको कात्तिक २८ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । मर्जर सम्बन्धमा गत असार १२ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
यी दुई बीमा कम्पनीको मर्जरको लागि नेपाल बीमा प्रधिकरणले मंसिर २ मा , नेपाल धितोपत्र बोर्डले मंसिर २५ मा र कम्पनी रजिष्ट्रार कार्यालयले मंसिर २७ मा अन्तिम स्वीकृति दिएको थियो ।
सूर्य लाइफ र ज्योति लाइफको मर्जर नेपाली जीवन बीमाकाे क्षेत्रमा पहिलो मर्जर हो । सूर्य लाईफ र ज्योति लाइफबीच १ बराबर ०.८२४५ को अनुपातको स्वाप रेसियोमा मर्जर भएको हो ।
मर्जर पछि बीमा कम्पनीको नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्य लाइफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराइ र प्रमुख कार्यकारी अधिकृतमा भने ज्योतिका वर्तमान सिइओ प्रकाश विक्रम खत्री हुनेछन् । त्यस्तै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा भने सूर्य लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का रहनेछन् ।
सूर्य लाईफ र ज्योति लाइफबीच १ बराबर ०.८२४५ को अनुपातको स्वाप रेसियोमा मर्जर भए पछी बनेको सूर्यज्योति लाइफको चुक्ता पुँजी ४ अर्ब ५४ करोड पुगेको छ । साबिकको सूर्य लाइफको चुक्ता पुँजी २ अर्ब ५५ करोड रहेको थियो भने साबिकै ज्योति लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड थियो । त्यस्तै सूर्य लाइफको जगेडा कोषमा ७१ करोड २२ लाख र ज्योति लाइफको १ अर्ब ३ करोड ५७ लाख रहेकोमा मर्जर पछी सूर्यज्योतिको जगेडा कोषमा २ अर्ब भन्दा बढी हुनेछ ।
यी दूई बीमा कम्पनीको पछिल्लो तथ्याङ अनुसार सूर्या लाइफको बीमा कोषमा १४ अर्ब ९२ करोड र ज्योति लाइफको भने ७ अर्ब ४ करोड रहेकोमा मर्जर पछी सूर्य ज्योतिको जीबन बिमा कोषमा २१ अर्ब ९६ करोड पुगेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार सूर्य लाइफको १ अर्ब २६ करोड र ज्योति लाइफले ९४ करोड ४६ लाख कुल बीमाशुल्क संकलन गरेका छन् ।