२०८२ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमासूर्यज्योति लाइफको एकीकृत कारोबार सुरु

सूर्यज्योति लाइफको एकीकृत कारोबार सुरु


काठमाडौं – ज्योति लाइफ र सूर्य लाइफ इन्योरेन्सले आज पौष ७ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार भएको हो ।

दुई बीमा कम्पनीको कात्तिक २८ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । मर्जर सम्बन्धमा गत असार १२ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यी दुई बीमा कम्पनीको मर्जरको लागि नेपाल बीमा प्रधिकरणले मंसिर २ मा , नेपाल धितोपत्र बोर्डले मंसिर २५ मा र कम्पनी रजिष्ट्रार कार्यालयले मंसिर २७ मा अन्तिम स्वीकृति दिएको थियो ।

सूर्य लाइफ  र ज्योति लाइफको मर्जर नेपाली जीवन बीमाकाे क्षेत्रमा  पहिलो मर्जर हो ।  सूर्य लाईफ र ज्योति लाइफबीच १ बराबर ०.८२४५ को अनुपातको स्वाप रेसियोमा मर्जर भएको हो ।

मर्जर पछि बीमा कम्पनीको नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्य लाइफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराइ र प्रमुख कार्यकारी अधिकृतमा भने ज्योतिका वर्तमान सिइओ प्रकाश विक्रम खत्री हुनेछन् । त्यस्तै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा भने सूर्य लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का रहनेछन् ।

सूर्य लाईफ र ज्योति लाइफबीच १ बराबर ०.८२४५ को अनुपातको स्वाप रेसियोमा मर्जर भए पछी बनेको सूर्यज्योति लाइफको चुक्ता पुँजी ४ अर्ब ५४ करोड पुगेको छ । साबिकको सूर्य लाइफको चुक्ता पुँजी २ अर्ब ५५ करोड रहेको थियो भने साबिकै ज्योति लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड थियो ।  त्यस्तै सूर्य लाइफको जगेडा कोषमा ७१ करोड २२ लाख र ज्योति लाइफको १ अर्ब ३ करोड ५७ लाख रहेकोमा मर्जर पछी सूर्यज्योतिको जगेडा कोषमा २ अर्ब भन्दा बढी हुनेछ ।

यी दूई बीमा कम्पनीको पछिल्लो तथ्याङ अनुसार सूर्या लाइफको बीमा कोषमा १४ अर्ब ९२ करोड र ज्योति लाइफको भने ७ अर्ब ४ करोड रहेकोमा मर्जर पछी सूर्य ज्योतिको जीबन बिमा कोषमा २१ अर्ब ९६ करोड पुगेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार सूर्य लाइफको १ अर्ब २६ करोड र ज्योति लाइफले ९४ करोड ४६ लाख कुल बीमाशुल्क संकलन गरेका छन् ।


क्याटेगोरी : बीमा
ट्याग : #केशब प्रसाद भट्टराइ, #ज्योति लाइफ इन्योरेन्स, #पवन कुमार खड्का, #प्रकाश विक्रम खत्री, #सूर्य लाइफ इन्योरेन्स, #सूर्यज्योति लाइफ इन्स्योरेन्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ