काठमाडौं- सिटिजन्स बैंकको २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक सेयरको लिलामी बिक्री स्थगित भएको छ । बैंकले संस्थापक समूहको सेयर असार २९ गतेदेखि लिलामीमार्फत बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धक सनराइज क्यापिटलले सोमबार एक सूचना प्रकाशित गर्दै हाललाई लिलामी प्रक्रिया स्थगित गरिएको जनाएको छ ।
सिटिजन्सले संस्थापक सेयरका लागि न्यूनतम १५२ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आग्रह गरेको थियो । यसमा साउन ११ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । लिलामी प्रक्रिया स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।