काठमाडौं- सिन्धु विकास बैंकले ६ साउन बाह्रौ वार्षिक साधारणसभा बोलाएको छ । सभा मिरावल रिसोर्ट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरु भएको छ ।
बैंकले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको ७ असारमा बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । सभामा आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव छ ।
यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वाएक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस हुनेछ ।
आर्थिक वर्ष २०७७-७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले २७ असारमा बुक क्लोज गरेको छ । यसर्थ, २६ असारसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।