२०८२ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड संक्रमण बढ्यो

कोभिड संक्रमण बढ्यो

नेपालमा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीए.फाइभ’ पुष्टि


काठमाडाैं । नेपालमा थप ११३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएकाे  जानकारी दिइन ।

 मन्त्रालयकाे अनुसार बढीमात्रामा अन्तर्राष्ट्रिय प्रवेश नाकाहरुबाट नेपाल प्रवेश गर्ने यात्रुहरुमा कोभिड परीक्षण गर्दा संक्रमण दरमा वृद्धि भएको  हाे ।

काठमाडौँ उपत्यकामा ४७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यस्तै, पछिल्लो २४ घण्टामा उपचारपछि थप २० जना निको भएका छन्। सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।

साथै, नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए. फाइभ’ पुष्टि भएको प्रवक्ता डा. संगीता मिश्राले  जानकारी गराइन ।

प्रवक्ता डा. मिश्राले थप दुई वटा नुमनामा उपप्रजाति ‘बीए. फाइभ’ पुष्टि भएको  बताइन ।

उनका अनुसार  मंगलबार ३२ वटा प्राप्त नमुना मध्ये २ वटा नमुनामा बीए. फाइभ’ पुष्टि पाइएको हो । र, अन्य बाँकी २८ वटा नमुनामा बीए.२ र बाँकी दुईबाटमा बीए.१ पुष्टि भएको बताइएको छ। अध्ययनहरुले उक्त भेरियन्ट अन्य ओमीक्रोनको प्रजातिभन्दा संक्रामक रहेको देखाएको बताउँदै प्रवक्ता डा. मिश्राले सतर्कता अपनाउन आग्रह गरेकी छिन्।

पछिल्लो केहि दिनयता निरन्तर नेपाल कोभिडका बिरामीको संख्या बढ्दै गैरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ