२०८१ असार ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट  

समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट  


काठमाडौं – समृद्धि फाइनान्सले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको सात लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।

यसमा न्यूनतम १०० रुपैयाँ (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् ।
यता, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा आइतबार (१९ असार) देखि फिर्ता पाउने बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ