२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा सेवालाई निरन्तरता दिने

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा सेवालाई निरन्तरता दिने


त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा सेवालाई निरन्तरता दिन भएको छ ।

अस्पतालका सुचना अधिकारीले आज एक सुचना जारी गदै स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए । अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट बीमा सेवा दिए वापत दावी भुक्तानी रकम नपाएको भन्दै असार ३ गते सुचना प्रकाशित गदै असार १५ गते देखि बिमा सेवा बन्द गर्ने घोषणा गरेको थियो ।

अस्पताललाई बोर्डले असार १४ गते स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने भदै पत्रचार गरेपछी अस्पतालले बीमा सम्बन्धी सेवालाई निरन्तरता दिने जनाएको छ । साथै, बोर्डले चिकित्सकहरुसँग छलफल गरी समस्या समाधानका प्रक्रियाहरु अघि बढाइसकेको पनि जानकारी गराएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ