२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा तिमल्सिना पक्राउ

शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा तिमल्सिना पक्राउ


 

काठमाडौ ।शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा सहकारीका संचालक माधव प्रसाद तिमल्सिनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज तिमल्सिनालाई थसिखेलबाट पक्राउ गरि लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

तिमल्सिनाले भूमि व्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीणर् गरेको प्रमाणपत्र कीर्ते गरेका थिए ।
उक्त प्रमाणपत्र माधब प्रसाद तिमल्सिनाको नाममा जारी भएको र उनकै नाममा पाटन मल्टिपल क्याम्पसको स्नातकको हुम्यानिटिज र सोसल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरी २०७८ चैत ६ गते निवेदन साथ राष्ट्रिय सहकारी विकास वोर्डमा पेश गरेको पाइएपछि उनलाई ललितपुर थसीखेलबाट केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ