२०८२ वैशाख २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता


काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता भएको छ ।

काठमाण्डौको नक्सालस्थित होटेल मेरियटमाआयोजित एक कार्यक्रममा दुई बैंकबीच एक आपसमा गाभ्ने /गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा लक्ष्मीका तर्फबाट अध्यक्ष रमण नेपाल र सनराइजका बैंकका तर्फबाट अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका हुन । दूवै बैंक स्वाप रेसियो १ बराबर १ को अनुपातमा मर्ज हुने सहमति भएता पनि डीडीए रिपोर्टअनुसार स्वाप रेसियो निर्धारण गरिने सहमति भएको छ।

मर्जरका प्रक्रिया अगाडी बढाउनका लागि दुवै बैकबाट दुई— दुई जना हुने गरी संयुक्त मर्जर समितिको गठनसमेत गरिएको छ । उक्त संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकका तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन्र ।

दुई बैंक एकआपसमा गाभिएपछि बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६६ करोड बराबर पुग्नेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी  ११ अर्ब ५५ करोड रहेको छ भने  सनराइज बैंकको १० अर्ब ११ करोड  रहेकाे छ  ।

मर्जरपछी बने बैंकको नाम नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ राख्ने सहमति भएको छ । मर्जपछि बन्ने बैंकको निक्षेप २ खर्ब ६७ अर्ब बराबर पुग्नेछ भने कर्जा २ खर्ब ५६ अर्ब पुग्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #लक्ष्मी बैंक, #सनराइज बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ