२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौ उपत्यकामा थप तीन जनामा हैजा पुष्टी

काठमाडौ उपत्यकामा थप तीन जनामा हैजा पुष्टी


आइतवार थप तीन जनामा हैजा पुष्टी भएसँगै अहिले सम्म काठमाडौं उपत्यकामा १२ जनामा हैजा भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आइतवार भर्ना भएका विरामी नैकाप र पाटन क्षेत्रका रहेका छन् । यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ ।

आइतवार पुष्टी भएका ३ जना मध्ये २ जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा र १ जना सानेपा स्थित स्टार अस्पतालमा उपचाररत रहेका छन् ।

शनिवार सम्म ९ जना विरामी हैजाका कारणा उपचारको लागि अस्पतालमा भर्ना भएका थिए

अस्पताल स्रोत अनुसार हैजाको जिवाणु प्रमाणित भएका १२ जना मध्ये ५ जना निको भएर घर गइसकेका छन् । ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ