२०८१ मंसीर २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशका चार प्रदेशमा बर्षा, आज दिनभरि पानी पर्ने सम्भावना

देशका चार प्रदेशमा बर्षा, आज दिनभरि पानी पर्ने सम्भावना


काठमाडौं — काठमाडौं उपत्यका सहित गण्डकी, बागमती, मधेश र प्रदेश १ मा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञा विभागका अनुसार अहिले गण्डकी, बाग्मती, मधेश र प्रदेश १ का थोरै स्थानहरूमा मेग गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली वाँकी भू-भागहरुमा आंशिक देखि मौसम सफा रहनेछ ।

प्रदेश नं १ का धेरै, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञा विभागले जनाएको छ ।

राती प्रदेश नं १, मधेश , बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा सामान्य बदली तथा वाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #जल तथा मौसम विज्ञा विभाग


तपाईको प्रतिक्रिया दिनुहोस