काठमाडौं – स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३७ हजार ४३ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।
निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे ।
आयोगले ती पदहरूमा सर्वाधिक मधेस प्रदेशमा ३४ हजार ७४७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ । त्यसपछि बाग्मती प्रदेशमा २३ हजार ९६ जना, प्रदेश १ मा २१ हजार ८७९ जना र लुम्बिनी प्रदेशमा २१ हजार ७५९ जनाले मनोनयन दर्ता गराएका छन् ।
कर्णाली प्रदेशमा १२ हजार ३१८ जना, गण्डकी प्रदेशमा १२ हजार १४६ जना र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।
६ महानगर, ११ उपमहानगरसहित ७५३ वटा स्थानीय तहमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो ।
याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।
स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ काे स्थानीय तहकाे चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।
कुन पदमा कति उम्मेदवार ?
मेयर : ३ हजार २६१
अध्यक्ष : ३ हजार २५४
उपमेयर : २ हजार ३
उपाध्यक्ष : २ हजार २९२
वडाध्यक्ष : ३२ हजार ५९
महिला सदस्य : २३ हजार ३ सय ७५
दलित महिला सदस्य : २१ हजार ११५
सदस्य : ४८ हजार ९१०
आज उम्मेदवारको विरोधमा उजुरी दिन आयाेगले भनेकाे छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।
१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।