२०८२ वैशाख १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमानयाँ बीमितहरुले कोरोना बिमाको शतप्रतिशत रकम भुक्तानी पाउने छैनन

नयाँ बीमितहरुले कोरोना बिमाको शतप्रतिशत रकम भुक्तानी पाउने छैनन


काठमाडौँ । बिमा समितिले भदौ २८ गते कोरोना बीमा निर्देशिका संशोधन तथा परिमार्जन गर्दै अब उप्रान्त कोरोना बीमा गर्नेहरुले कुल बीमांकमध्ये राहत खर्च वापत २५ प्रतिशत मात्रै भुक्तानी पाउने छन् ।

नयाँ व्यवस्था अनुसार नयाँ बीमितहरुले शतप्रतिशत भुक्तानी पाउने छैनन भने पुराना बीमितहरुको हकमा भने लागू हुने छैन । भुक्तानी सम्बन्धी गरेको नयाँ व्यवस्थाअनुसार अब नयाँ बीमितले कुल बीमांकबाट २५ प्रतिशत राहत खर्च र७५ प्रतिशत उपचार खर्चमात्र पाउने भएका छन् ।

कोरोना संक्रमित  भइ आस्पताल भर्ना हुन परेमा वा  आइसोलेसन सेन्टरमा आइसोलेसनमा बसेको  चिकित्सकले प्रमाणित गरे अनुसार कोभिड-१९ सँग सम्बन्धित औषधि उपचारको खर्च बिल बमोजिम कुल बीमांकको ७५ प्रतिशत दाबी भुक्तान कम्पनीले गर्नुपर्ने निर्देशिकाका उल्लेख गरिएको छ ।

 

५० हजार रुपैयाँ र १ लाख रुपैयाँका दुई वटा बीमा योजना छन् ।

 

रु १ लाख रुपैयाँ बराबरको बिमा गरिएको  र  कोरोना संक्रमित पुष्टि भइ होम आइसोलेसनमा भए २५ हजार रुपैयाँ भुक्तानी पाउने र  अस्पतालमा भर्ना भइ उपचार गर्नुे परेको खण्डमा  बिलका आधारमा भुक्तानी हुनेछ । यस्तो भुक्तानीमा बढीमा ७५ हजार रुपैयाँसम्म हुनेछ ।

 

कोरोना संक्रमितहरुले आफ्नो स्वइच्छाअनुसार निजी अस्पतालमा आफ्नै खर्चमा पनि उपचार गराइरहकाले त्यस्ता बीमितले उपचार खर्चको आधारमा ७५ हजारबाट नबढ्ने गरी बिलमा उल्लेख भएको रकम भुक्तानी कम्पनीबाट पाउने व्वस्था छ ।


क्याटेगोरी : समाचार, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ