२०८२ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘बिहे नेपाल’ नामक एप सार्वजनिक, मोबाइल मार्फत जीवन साथी खोज्न पाइने

‘बिहे नेपाल’ नामक एप सार्वजनिक, मोबाइल मार्फत जीवन साथी खोज्न पाइने


हाम्रो देशमा समेत मोबाइल एप मार्फत जीवन साथी खोज्न पाइने भएको छ । बिहीबार ‘बिहे नेपाल’ नामक मोबाइल एप सार्वजनिक भएको छ ।

न्यूजिल्याण्डबाट सिभिल इञ्जिनियरिङमा मास्टर्स पूरा गरेर फर्किएकी श्रद्धा कटुवाल र सफ्टवेयर इञ्जिनियरिङ श्रेया कटुवालले एप सार्वजनिक गरेकी हुन। यिनी दिदी बहिनी हुन ।

अन्य देशमा अनलाइनको माध्यमबाट जीवन साथी खोज्ने चलन पुरानो हुन तर नेपालमा यसप्रकारको एप चलनमा थिएन ।

एपले शुरुमा परिचय भेरिभाइ गर्नका लागि आधिकारिक परिचय पत्र माग छन। अर्थात् ड्राइभिङ लाइसेन्स, नागरिकता वा अन्य सरकारी कागजात । अनलाइनबाट परिचय भेरिफाइ भएपछि एपले जीवन साथी खोज्ने प्रक्रिया शुरु गर्छन । यो एपमा भीआइपी क्लव समेत समावेश गरिएको छ । जसको प्रयोग गर्नुहुन्छ भने त्यसका लागि ४९ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

श्रद्धा कटुवालका अनुसार एक दिनमै १० हजारभन्दा बढी पटक एप डाउनलोड भइसकेको बताइन् । यो एपमा १८ वर्ष उमेरभन्दा माथिका व्यक्तिहरु जोडिन सक्छन् । यी कटुवाल दिदी बहिनीले भने १ वर्षको मिहेनतपछि  ४० लाख रुपैयाँ बराबरको लागतमा यो एप बनाएका हुन ।

 


क्याटेगोरी : समाचार
ट्याग : #एप, #बिहे नेपाल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ