२०८२ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण


काठमाडौँ – पछिल्लो २४  घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  । स्वास्थ्य मन्त्रालयले आइतबार अपरान्हमा दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ३७७  जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ५९८ जनामा र  चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ । पछिल्लो २४ घण्टामा १४१६ जना डिस्चार्ज भएका छन् भने  मृत्यु चार जनाको भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ