२०८२ वैशाख ३०, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि

आज १४ सय ४६ जनामा काेराेना संक्रमण पुष्टि


काठमाडौं- पछिल्लो २४ घण्टामा १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा ११ हजार चार सय २९ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित पुष्टि भएका हुन् ।

यस्तैगरी, कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने दुई सय ५५ जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ