२०८१ कात्तिक २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउन्नति सहकार्य लघुवित्तले लाभांश वितरण गर्न बुधबार बुक क्लाेज गर्दै

उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण गर्न बुधबार बुक क्लाेज गर्दै


काठमाडौं – उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हाे । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १४ पुसमा बुक क्लाेज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र बैंकको साधारणसभामा भाग लिन तथा लाभांश प्रप्त गर्न सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरण गर्न २८ पुसमा सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल मौर्या रुपन्देही भैरहवामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा अन्य वित्तीय संस्थाहरूसँग गाभ्ने/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्ने, आर्थिक वर्ष २०७७/०७८ को नाफा-नोक्सान तथा वासलात र नगद प्रवाहमाथि छलफल गर्ने एजेन्डा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ